काठमाडौं । बारा र पर्सामा हुरीले ल्याएको बिपत्तिमा छिमेकी भारतले सहयोग गरेको छ । काठमाडौंस्थित भारतीय दूतावास र वीरगञ्जस्थित महावाणिज्यदूतावासले घटनाबारे नेपाली अधिकारीसँग सम्पर्क गर्दै आवश्यक राहत सहयोग बितरण गरिरहेको दूतावासले जनाएको छ ।


ADVERTISEMENT


वीरगञ्जस्थित महावाणिज्यदूतावास मार्फत बाराको सुवर्ण गाउँ पालिकाका हर्दिया गाउँका ७१ घरपरिवारलाई राहत सामग्री बितरण गरिएको छ ।


ADVERTISEMENT

# # #


त्रिपाल, खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामग्री सहित महावाणिज्यदूतावासको टोली सुवर्ण गाउँ पालिकाको पर्शुराम गाउँ तर्फ अघि बढेको र सो ठाउँ लगायत प्रभावित क्षेत्रमा राहत सहयोग अघि बढाईने जनाईएको छ ।