काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको संयुक्त बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको छ ।


ADVERTISEMENT


छलफलका लागि प्रधानमन्त्री ओलीले बिहान ७ बजे नै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई बालुवाटार बोलाएका छन् ।


ADVERTISEMENT

# # #


बैठकमा केन्द्र र प्रदेश सरकारका कामकारबाही तथा समन्वयका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।