काठमाडौँ – अवैध रुपमा ल्याउँदै गरेको करिब ६ किलो सुनहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा भारतका जतिन जैन, सुनिता जैन, बबिता र सरिता जर्क रहेका छन् ।  पक्राउपछि चारै जनालाई भन्सार कार्यालय बुझाइएको छ ।


ADVERTISEMENT

# # #


एसएसपी सन्दीप भण्डारीको नेतृत्वमा खटिएको टोलीले गहना बनाएर शरीरका विभिन्न भागमा लुकाएर ल्याउँदै गरेको सुन बरामद गरेको हो । उक्त सुन थाइ एयरलाइन्सको विमानमार्फत बैंकक हुँदै काठमाडौं आएको एसएसपी सन्दीप भण्डारीले बनाएका छन् ।

यसबारे थप अनुसन्धान हुँदैछ ।