काठमाडौँ – बलिउड पार्श्व गायिका कविता सेठले काठमाडौँमा सुफी र गजल गायनको प्रस्तुती दिइन् ।


ADVERTISEMENT


राजधानीमा बिहीबार स्वामी विकेकानन्द कल्चरल सेन्टर र काठमाडौँस्थित भारतीय दूतावासको संयुक्त आयोजनामा गरिएको ‘सुफी म्युजिक विथ कविता सेठ’ आफ्नो प्रस्तुती दिएकी हुन् ।


ADVERTISEMENT

# # #


सुफी र जजल गायनमा आफ्नो पहिचान बनाएकी कविताले बलिउडका विभिन्न चलचित्र गीतमा आफ्नो स्वर दिएकी छन् । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मी र नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले कविताको सुफी एकल साँझको उद्घाटन् गरे ।

करिब एक घण्टासम्म चलेको एकल साँझमा कविताले सुफी र गजल गाएकी थिइन् । पछिल्लो समय नेपालमा सुफीप्रति आकर्ष बढ्दै गएकाले यसपटक कविताको एकल सुफी साँझ आयोजना गरिएको आयोजक स्वामी विवेकानन्द कल्चरल सेन्टरले जनाएको छ ।