काठमाडौँ – धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ हुने मातृभूमि क्रिकेट प्रतियोगिताको तयारी सम्पन्न भएको छ ।


ADVERTISEMENT


शनिबार कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि कलाकार समेत तयारीमा जुटिरहेका छन् । कलाकारहरुलाई राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक जगत टमाटा र कलाकार सुनिल थापाले प्रशिक्षण दिएका थिए ।


ADVERTISEMENT

# # #


राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सम्मलित नेपाल ‘ए’ र नेपाल ‘बी’ टोलीबीच प्रतिस्पर्धा हुँदैछ । कप्तान पारस खड्काको कप्तानीमा नेपाल ‘ए’ र उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाल ‘बी’ रहेका छन् । उक्त खेल राष्ट्रिय कलाकारको पनि प्रतिस्पर्धा हुनेछ । जसका लागि मदनकृष्ण श्रेष्ठको कप्तानीमा कलाकार ‘ए’ र हरिवंश आचार्यको कप्तानीमा कलाकार ‘बी’ रहनेछन् । कलाकारको खेल १० ओभरको हुनेछ भने राष्ट्रिय टोलीको खेल २० ओभरको हुनेछ ।

कलाकार ‘ए’ ले नेपाल ‘ए’ लाई समर्थन गर्नेछ भने कलाकार ‘बी’ले नेपाल ‘बी’लाई समर्थन गर्नेछ । नेपाल ‘ए’ मा कप्तान पारससहित शरद भेषावकर, अनिलकुमार साह, ललितनारायण राजवंशी, सोमपाल कामी, अविनाश बोहोरा, सन्दीप जोरा, रोहितकुमार पौडेल, सुनील धमला, कमलसिंह ऐरी, आरिफ शेख र भुवन कार्की छन् ।

यस्तै नेपाल ‘बी’ मा विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, वसन्त रेग्मी, करण केसी, ललित भण्डारी, भीम सार्की, पवन शर्राफ, विक्रम शोव, सुर्शन भारी, दिलीप नाथ र प्रदीप ऐरी छन् ।

यता कलाकारका तर्फबाट खेल्नेको पनि नाम सार्वजनिक भएको छ । कलाकार ‘ए’ मा मदनकृष्णसहित सुनील थापा, कमल मैनाली, बद्री पंगेनी, श्याम पुरी, कुमार कट्टेल, कर्म शाक्य, सन्दीप क्षेत्री, हेमराज बिसी, घनश्याम गौतम निराजन प्रधान, सन्तोष लामा, अनमोल गुरुङ, राजु ढकाल, दिपक ढकाल र दिलिप ओखेडा रहेका छन् ।

यस्तै, समूह बीमा हरिवंशसहित निर शाह, सरोज खनाल, निश्चल बस्नेत, दयाहाङ राई, बीरेन्द्र हमाल, हेमन्त राना, पल शाह, सलिनमान बनिया, हेमन्त शर्मा, अनुराग कुँवर, शंकर केसी, कृष्ण काफ्ले, अर्जुन घिमिरे, राजा राजेन्द्र पोखरेल र माओत्से गुरुङ रहेका छन् ।

शनिबार बिहान १० बजेदेखि सुरु हुने खेलका लागि सामान्यतर्फ ३ सय र भीआइपीतर्फ १ हजार रुपैयाँ शुल्क तोकिएको छ । रंगशालाका निर्माणका लागि आयोजना गरिएको उक्त प्रतियोगिताबाट उठेको रकमको १५ प्रतिशत बारा र पर्साका भूकम्प पीडितलाई समेत प्रदान गरिने फाउण्डेसनले जनाएको छ ।