बेंगलोर — कोलकाता नाइटराइडर्सले इन्डिन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ रनले हराएको छ ।


ADVERTISEMENT


शुक्रवार राति आन्द्रे रसेलले १३ बलमा नटआउट रहेर ४८ रन बनाएपछि विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंगलोरले २ सय रन बनाउँदा पनि हारको श्रृङ्खलालाई रोक्न सकेन ।


ADVERTISEMENT

# # #


कोलकाताको जित ५ बलको खेल बाँकी छँदै सम्भव भएको हो । भारतीय कप्तान विराट कोहलीको नेतृत्वमा रहेको बेंगलोरको यो लगातार पाँचौं हार हो ।

पहिले ब्याटिङ गरेको बेंगलोरले कोहली र एबी डे भिल्लियर्सबीचको शतकीय साझेदारीको मदतले ३ विकेटमा २ सय ५ रन बनाएको थियो । जवाफमा कोलकाताले ५ विकेटमा २ सय ६ रन बनायो ।

कोलकोत्ताका जितका लागि रसेलले अविश्वसनीय पारी खेलजे । छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका उनले १३ बलमानै ७ छक्का र एक चौका प्रहार गरेपछि कोलकत्ताले ५ बल बाँकी छँदै जित हात पर्यो ।