काठमाडौँ – धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ हुने मातृभूमि क्रिकेट प्रतियोगिता स्थगित भएको छ ।


ADVERTISEMENT


शनिबार कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा हुने भनिएको प्रतियोगिता निरन्तरको वर्षका कारण रद्द भएको हो । फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मस’ले सम्पूर्ण तयारीका बावजुद आजका लागि तय भएको खेल अर्को मितिसम्मका लागि स्थगित गरिएको बताए । उनका अनुसार चाँडै अर्को मिति तोकिने छ ।


ADVERTISEMENT

# # #


अग्रिम टिकट खरिद गरेका दर्शकले सोही टिकटबाट चाँडै तोकिने प्रतियोगितामा प्रवेश पाउने भएकाले टिकट सुरक्षित राख्न फाउण्डेसनले अनुरोध गरेको छ । प्रवेशका लागि सामान्यतर्फ ३ सय र भीआइपीतर्फ १ हजार रुपैयाँ शुल्क तोकिएको थियोे ।

प्रतियोगितामा कप्तान पारस खड्काको कप्तानीमा नेपाल ‘ए’ र उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाल ‘बी’ प्रतिस्पर्धा गर्ने तय भएको थियो । यस्तै प्रतियोगितामा राष्ट्रिय कलाकारको पनि प्रतिस्पर्धा हुने थियो । जसका लागि मदनकृष्ण श्रेष्ठको कप्तानीमा कलाकार ‘ए’ र हरिवंश आचार्यको कप्तानीमा कलाकार ‘बी’ रहेका थिए ।

रंगशालाका निर्माणका लागि आयोजना गरिएको उक्त प्रतियोगिताबाट उठेको रकमको १५ प्रतिशत बारा र पर्साका भूकम्प पीडितलाई समेत प्रदान गरिने फाउण्डेसनले जनाएको छ ।