बारा । नेपाली काँग्रेसका नेता ईन्द्र बानियाँले हुरी पीडितहरुका लागि घर बनाउने आश्वासन सरकारले पुरा नगरे नेपाली काँग्रेसले हुरी प्रभाबित जनता बस्ने घर बनाईदिने बताएका छन् ।


ADVERTISEMENT


भिडियो हेर्नुहोस् :

https://www.facebook.com/indra.baniya.376/videos/pcb.275118646743481/275110046744341/?type=3&theater


ADVERTISEMENT

# # #


शुक्रबार राहत सामग्री सहित पीडित जनताको बिपत्तिमा साथ दिँदै नेपाली काँग्रेस मकवानपुरका सभापति बानिँयाले नेपाली काँग्रेस जनताको पार्टी भएकाले जनताको पीडामा काँग्रेस संधै सँगै रहने बिश्वास समेत दिलाएका छन् ।

बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर २ को बैरिया, वडा नम्बर ७ को बेनौली, स्वर्ण गाउँपालिका वडा नम्बर ४ को हर्दिया र देउताल गाउँपालिका वडा नम्बर ७ को रामपूर्वाका पीडित २ सय घरधुरीलाई पूर्वगृहराज्यमन्त्री समेत रहेका नेता बानियाँले राहात सामाग्री बितरण गरेका हुन् ।

नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दल र काँग्रेस मकवानपुरको संयुक्त सहयोगमा करिब ७ लाख बराबरको राहत सामाग्री सहयोग गरिएको नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता समेत रहेका बानियाँले बताए ।

सबैको सहयोगले बिपदको पीडाबाट प्रभाबित क्षेत्रका जनताहरुले चाँडै राहत र उद्धार पाईसक्ने उनले बताएका छन् ।

राहत सामाग्री सहयोग गर्ने क्रममा बारा जिल्लाका नेपाली कांग्रेस एवं अन्य दलका नेता र कार्यकर्ताहरुलाई समेत उनले धन्यबाद दिएका छन् ।

तस्बिरमा राहत :