काठमाडौँ – के.एल. दुगड ग्रुप अन्तर्गत यूनाइटेड सिमेन्ट्स र धुनिवेशी नगरपालिकाको संयुक्त आयोजना तथा सहकार्यमा एक दिने निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।


ADVERTISEMENT


टायल घरस्थित बुद्ध भिजन एकेडेमी स्कुलको प्राङ्गणमा सम्पन्न उक्त शिविरमा धादिङका विभिन्न ठाउँबाट करिब ५ सय ५० भन्दा बढी नागरिक सहभागी भएको यूनाइटेड सिमेन्टसले जनाएको छ । शिविरमा मुख्य रुपमा आँखा, छाला तथा चर्म रोग तथा स्त्री रोगको औषधी उपचारको व्यवस्था गरिएको थियो ।


ADVERTISEMENT

# # #


शिविरमा धुनिवेशी नगरपालिका, धादिङका नगर प्रमुख बालकृष्ण आचार्य तथा उप प्रमुख निरु खरेल लगायत वडा नं. ९ को अध्यक्ष साँइला राई तथा विभिन्न राजनितिक पार्टीका प्रतिनिधि साथै प्रहरी प्रशासनको उपस्थिति रहेको थियो । गाउँपालिकामा शिविर सञ्चालन गरेकोमा अध्यक्ष राईले खुसी व्यक्त गरे ।

नगर स्वास्थ प्रमुख शिवहरि भट्ट लगायत विभिन्न स्वास्थ संस्थाबाट १५ जना भन्दा बढि स्वास्थकर्मीले सेवा प्रदान गरेका थिए । निरन्तर सामाजिक कार्य गद्र्रै आएको सिमेन्टसले आगामी दिनमा पनि यस्ता कार्य जारी राख्ने बताएको छ । सिमेन्टसले गतवर्ष पनि शैक्षिक सामाग्रीका साथै एम्बुलेन्स तथा एम्बुलेन्स सेवा संचालनका लागि आर्थिक सहयोग पनि गरेको थियो ।