काठमाडौँ – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंगलोविरुद्ध ऐतिहासिक विकेट लिएका छन् । उनले मोइन अलीलाई विकेटकिपर रिशभ पन्तबाट स्टम्पिङ गराए । यससंगै सन्दीपको टी २० मा ५० विकेट पूरा भएको छ ।


ADVERTISEMENT


अलीले ओभरको पहिलो बलमा छक्का हाने । दोस्रो बल डट खेलेका उनले तेस्रो बलमा अगाडी बढेर हान्न खोज्दा आउट भए । अलीले १८ बलमा ३६ रन बनाउँदा एक चौका र ३ छक्का हाने ।


ADVERTISEMENT

# # #