काठमाडौं– मिस नेपाल आयोजक ‘हिडन ट्रेजर’ले आफुसँग जोडिएर पछिल्लो समय समाजिक सञ्जालमा उठेका विवादबारे स्पष्टिकरण दिएको छ ।


ADVERTISEMENT


‘मिस नेपाल’ प्रतियोगिताको लागि अडिसन दिन गएकी एक युवतीलाई प्रशस्त साजसज्जा नगरेकोमा प्रतियोगिताको कोरियोग्राफर समेत रहेकी रचना गुरुङले कडा मिजास देखाएको भिडियो बाहिरिएपछि समाजिक सञ्जालमा आलोचना भएको थियो । तर हिडन ट्रेजरले एक विज्ञाप्ति जारी गर्दै ‘मिस नेपाल’को अडिसनमा गरिने सोधपुछ अन्य परीक्षा र अन्तरवार्ता जस्तै भएकाले यसमा कठिन प्रश्न सोधिनु सामान्य भएको बताएको छ ।


ADVERTISEMENT

# # #


यस्ता परीक्षणको उदेश्य प्रतियोगीलाई डराउन, होच्याउन वा अन्तरवार्तामा असफल पार्न नभएर तिनका मनोदशा, सहजताको स्तर, आत्मविश्वास पहिचान गर्न र उनीहरुको सम्पूर्ण क्षमता प्रस्फुटन गराउन उपयोग गरिने भनेको छ ।

हिडेन ट्रेजरले समाजिक संजालमा चर्चामा आएकी प्रतिस्पर्धी अडिसनमा राम्रो प्रदर्शन गरेर छानिसकेको समेत जानकारी दिएको छ । हिडेन ट्रेजरले समाजिक संजालमा पछिल्लो समयमा आएको विवादलाई ‘मिस नेपाल’को ब्राण्डको सार्वजनिक चिन्ताको रुपमा लिएको भन्दै यसलाई सकारात्मक लिएको भन्दै भावि दिनमा पनि यस्तै उत्प्रेरणा, समर्थन र चिन्ताको आसा गरेको बताएको छ ।