काठमाडौँ – इण्डियन प्रियमर लिग (आइपीएल)मा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंगलोरले लगातार छैटौँ हार व्यहोरेको छ । आइतार घरेलू मैदानमा भएको खेलमा बैंगलोर दिल्ली क्यापिटलसंग चार विकेटले पराजित भएको हो ।


ADVERTISEMENT


टस हारेर ब्याटिङ थालेको बैंगलोरले १५० रन बनायो । उसका लागि कप्तान विराट कोहलीले ४१ रन बनाए । उनले यस्तै मोइन अलीले ३२ रन बनाए । यता दिल्लीका लागि कागिसो रबाडाले उत्कृष्ट खेले । उनले ४ ओभरमा २१ रन खर्चिएर ४ विकेट चट्काए । यस्तै क्रिस मोरिसले दुई विकेट लिँदा अक्षर पटेल र नेपाली युवा सन्दीप लामिछानेले १ १ विकेट आफ्नो नाममा लेखाए ।


ADVERTISEMENT

# # #


१५० रनको चुनौति पच्छ्याएको दिल्लीका लागि कप्तान श्रेयस ऐयरले सर्वासधक ६७ रनको योगदान दिए । यस क्रममा उनले ५० बलमा ८ चौका र दुई छक्का हाने । यस्तै पृथ्वी श २८, कोलिन इन्ग्राम २२ र रिशभ पन्त १८ रन बनाए ।

बैंगलोरका लागि नवदीप संनीले दुई विकेट लिए । मोहम्म्द सिराज, टिम साउथी, मोइन अली र पवन नेगीका नाममा समान १-१ विकेट रह्यो ।

आजको जितसंगै दिल्ली अंक तालिकाको पाँचौँ स्थामा उक्लिएको छ । यता बंगलोर भने अंक तालिकाको अन्तिममा रहेको छ ।