काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई तल्लो तह सम्म एकीकरणको सकस परिरहेको छ । एकिकरणको प्रक्रिया मिलाउन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डनै नै फरक रणनीतिका साथ अघि बढेका छन् । उनीहरुले प्रक्रियामा असन्तुष्ट नेताहरुलाई एक्लाएक्लै भेट गर्न थालेका छन् ।


ADVERTISEMENT


एकीकरण प्रक्रियामा माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले असन्तुष्टि व्यक्त गरिरहेको श्रोतले जनाएको छ । प्रधानमन्त्री समेत रहेका ओली र प्रचण्डले एकीकरणमा अवरोध पुगिरहेको बिषय र असन्तुष्ट नेताहरुलाई मनाउने कसरतलाई पछिल्लो धपेडि बनाईरहेको बताईएको छ ।


ADVERTISEMENT

# # #


गत जेठमा पार्टी एकीकरण घोषणापछि सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, केही प्रदेश कमिटीबाहेक अन्य कुनै पनि कमिटी बनेका छैनन्। एकीकरण प्रक्रिया टुंग्याउन पटकपटक बनेका कार्यदलले पनि काम गर्न सकिरहेका छैनन् ।