काठमाडौैँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठक कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले बहिष्कार गरेका छन् । निजी निवास बुढानीलकण्ठमा देउवाले बोलाएको बैठकमा नेता सिटौला अनुपस्थित भएका हुन् ।


ADVERTISEMENT


तोकिएको मितिमा पार्टीको केन्द्रीय समिति बैठक बस्न नसकेपछि त्यसमा सहमति जुटाउन देउवाले बैठक डाकेका थिए । तर, पूर्वमहामन्त्री समेत रहेका सिटौलाले देउवाको निमन्त्रण अस्वीकार गरे ।


ADVERTISEMENT

# # #


कार्यसम्पादन समितिमा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ६०/४० को भागवण्डा गरेपछि सिटौला असन्तुष्ट देखिएको एक नेताले बताएका छन् । समितिमा नेता कृष्णप्रसाद सिटौलाले आफ्नो तर्फबाट पनि सदस्य राख्नुपर्ने माग राखेका छन् ।

देउवा निवासमा केही बेरअघि सुरु भएको काँग्रेसका शीर्ष नेताहरुको बैठकमा बरिष्ठ नेता रामचनद्र पौडेल, उपसभापतिहरु विमलेन्द्र निधी, विजयकुमार गच्छदार, महामन्त्री डा= शशांक कोइराला, नेता गोपालमान श्रेष्ठ र बलबाहादुर केसी सहभागी छन् ।