एजेन्सी – मलेसियाको सेपाङ भन्ने स्थानमा आइतबार राती यात्रुबाहक बस दुर्घटना हुँदा २ नेपालीका साथै ११ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


मलेसियन मिडिया मलया मेलका अनुसार ४३ जना यात्रु बोकेको यात्रुबाहक बस मलेसियाको क्वालालुम्पुर अन्तर्राष्ट्रिय एअरपोर्टनजिकै दुर्घटना भएको हो । बस सडकबाट २० मिटर तल रहेको नालामा खसेको छ । मृत्यु हुने ११ जनामा ५ जना नेपाली, तीन जना इन्डोनेसियन र दुई जना बंगाली रहेका छन् भने एक जना बस ड्राइभर रहेका छन् ।


ADVERTISEMENT

# # #


बस एकदमै सुरक्षित ठाउँमा दुर्घटना भएको मलेसियन प्रहरी अधिकारीले जनाएका छन् । १४ नेपाली कामदारसहित ४३ जना यात्रु बोकर मास कार्गो नामक कार्गो कम्पनीमा कामदार पुर्याउन जाँदा आइतबार राती ११ बजेर १० मिनेटमा उक्त बस दुर्घटना जनाइएको छ ।

नेपाली कामदारहरु मोतियारा कायामाश भन्ने कम्पनीमार्फत् मास कार्गो कम्पनीमा काम गर्न जाने गरेका थिए ।