धरान – बस दुर्घटना हुँदा सुनसरीको धरानमा ४ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।


ADVERTISEMENT


धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा बेक फेल भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुने चालक चक्रबहादुर गुरुङ, यात्रु बलबहादुर मगरको मात्र पहिचान खुलेको छ । अन्य दुईको भने पहिचान खुलेको छैन । घाइतेहरूको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

घटनाको थप विवरण आउन बाँकी छ।

तस्बिर : कुशल लिम्बुको फेसबुकबाट