काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेड र साहारा हस्पिटल प्रा.लि. पोखराबीच विशेष छुट पाउनेगरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


सम्झौता अनुसार बैंकका सम्पूर्ण खातावाला, कर्मचारी साथै उनिहरुका परिवारका अन्य सदस्यहरुले साहारा हस्पिटलमा उपचार गराउँदा तथा औषधी खरिद गर्दा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावान्वित हुने बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्गका प्रमुख सुवास भट्टराई र साहारा हस्पिटलको तर्फबाट संचालक समितिका अध्यक्ष डा. गिरीधारी शर्माले हस्ताक्षर गरेका छन् ।

बैंकले देशका विभिन्न भागहरुमा ८१ वटा शाखा तथा ३६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।