काठमाडौँ – नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिम यतिबेला विश्वकपको एशिया छनोटका लागि मलेसियामा रहेको छ । एशिया छनोटको उपाधी जितेर अर्को वर्ष दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनीको विश्वकपमा स्थान बनाउने लक्ष्यका साथ टिम नेपाल शनिबार मलेसियातर्फ लागेको थियो ।


ADVERTISEMENT


प्रतियोगिता अर्को साताबाट सुरु हुँदैछ ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया, यूएई, सिंगापुर लगायत रहेका छन् । प्रतियोगिताको विजेता टोली अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपका लागि छनौट हुनेछ ।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसंगै आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, भिम सार्की, रित गौतम, कमल सिंह ऐरी, राशिद खान, सागर ढकाल रहेका छन् । यस्तै अभिषेक बस्नेत, कुशल मल्ल, हरि चौहान, प्रतिष जिसी र सूर्य तामाङले पनि अन्तिम १४ मा स्थान बनाएका छन् ।

नेपालले यसअघि प्रतियोगिताको अभ्यासका लागि भारतको आन्ध्र प्रदेशमा त्यहाँको यू-१९ टोलीसँग छ वटा अभ्यास खेल खेलेको थियो । जसमा नेपालले चारवटा जित हात पारेको थियो ।

सबै तस्बिर : रमन शिवकोटी