काठमाडौँ– बिहीबार निधन भएका नेपाली काँग्रेसका नेता रामहरि जोशीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।


ADVERTISEMENT


काँग्रेसका पुराना नेता जोशीको अन्तिम दाहसंस्कार गरिएको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । जोशीको पार्थिव शरीरमा उनका भतिजा विष्णु जोशीले दागबत्ती दिएका थिए ।


ADVERTISEMENT

# # #


पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आर्यघाट पुगी स्व जोशीप्रति पार्टीको चारतारे झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जलि दिए। नेता जोशीलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा रामशरण महतलगायत आर्यघाट पुगेका थिए । जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा काँग्रेस नेता कार्यकर्ता तथा शुभेच्छुकको भीड थियो ।

नेपाली राजनीतिमा समाजवादी नेताका रुपमा चिनिएका जोशीको दम र निमोनियाका कारण बिहीबार साँझ ९१ वर्षको उमेरमा ग्रान्डी अस्पतालमा निधन भएको थियो ।