काठमाडौँ – नेशनल बैंकिग ईन्स्टिच्यूट (एनबीआई) र कामना सेवा विकास बैंकबीच वित्तीय साक्षरता प्रभावकारी रुपले अघि बढाउने सम्बन्धि सम्झौता भएको छ । यस सम्झैता पत्र अनुसार एनबीआइले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरुबारे कामना सेवा विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ ।


ADVERTISEMENT


उक्त सम्झौतामाएनबीआइको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रविन बस्नेतले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोबाइल एपबारे ज्ञान दिलाई आ –आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्नेछ । साथै बैंकले एनबीआई मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्मार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउनेछ । यदि आवश्यक भएमा एनबिआईले बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन गरिदिने बैँकले जनाएको छ ।

वित्तीय साक्षरता को सबै आवश्यक सामाग्री सबै माझ लैजान एनबिआई मोबाईल एप्को प्रयोगले देशमा वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको सुरुवात बैँकको दाबी छ ।