काठमाडौँ – बलिउडको प्रतिक्षित चलचित्र ‘स्टुडेन्ट अफ द इयर २’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार टाइगर श्राफको धमकेदार एक्सन तथा नृत्य देख्न सकिन्छ । डेब्यु गर्लद्वय तारा सुतरिया र अनन्या पाण्डेलाई पनि ट्रेलरमा देखाइएको छ ।


ADVERTISEMENT


पुनित मल्होत्राको निर्देशनमा बनेको यो चलचित्रलाई करण जोहरले निर्माण गरेका हुन् । चलचित्रमा करण जोहरसँगै यश जोहर र अपूर्व मेहताको पनि लगानी रहेको छ । यो सफल चलचित्र ‘स्टुडेन्ट अफ द इयर’को दोस्रो भागभएपनि कलाकार भने दोहोरिएका छैनन् ।


ADVERTISEMENT

# # #