काठमाडौँ – नेपाल मलेसियामा जाीआईसीसी यु-१९ विश्वकप छनोट एसिया प्रतियोगिताान युएईविरुद्ध नेपालले दूभाग्यपूर्ण हार ब्यहोरोको छ । वर्षा बाधक बनेपनि दोस्रो खेलमा युएईसँग नेपाल डीरएल मेथडमा १ रनले पराजित भएको छ।


ADVERTISEMENT


किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनाएको थियो।


ADVERTISEMENT

# # #


२४८ रनको लक्ष्य पछ्याउने क्रममा युएईले ३० ओभरमा ३ विकेट गुमाएर १२२ रनको योगफल तयार गरेको थियो। जितको लागि युएईलाई २० ओभरमा १२६ रन आवश्यक रहेको बेला वर्षाले खेल रोकियो। त्यसपछि पुनः खेल सुचारू हुन सकेन। खेल पुनः सुचारु नहुँदा डीएल मेथडमा युएई १ रनले अघि हुँदा नेपालले दूर्भाग्यपूर्ण हार व्यहोर्न बाध्य भयो।

डिएल पार स्कोरमा युएईले ३ विकेट गुमेको अवस्थामा ३० ओभरमा १२१ रन बनाउनुपर्ने थियो। तर युएईले खेल रोकिदाँसम्म १२२ रन जोडिसकेको थियो। यसअघि सुरूमै २ विकेट गुमाएको युएईका लागि ओपनर कप्तान आर्यन लकरा ४ रनमा आउट भएका थिए। अर्का ओपनर सायद हैदरले ११ रन जोडेका थिए।

तर, तेस्रो विकेटको लागि भी अर्भिन्द र अंश टण्डनले १०१ रनको साझेदारी गर्दै युएईको इनिङ्स उकासेका थिए। टण्डन ५४ रन बनाएर खेल रोकिनु अगाडि आउट भए भने अरभिन्द ४७ रनमा अविजित रहे।

नेपालको लागि कमल ऐरिले ५ ओभरा २६ रन खर्चिएर १ विकेट लिए भने सागर ढकालले ५ ओभरमा १५ रन खर्चिएर १ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको नेपालको लागि हरि बहादुर चौहानले सर्वाधिक अविजित ६७ रन बनाए। ७४ बल खेलेका उनले ७ चौका प्रहार गरेका थिए।

यस्तै भीम शार्कीले ५४ बल खेल्दा ४ चौका र २ छक्का प्रहार गर्दै ५३ रन जोडे। ओपनर रित गौतमले ४४ रन बनाउँदा आसिफ शेखले २७, रोहित पौडेलले १८ तथा पवन सर्राफले १२ रन योगदान दिए। यो हारसँगै नेपालका लागि विश्वकप छनोट सम्भावना कठिन भएको छ।

यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनको विशाल अन्तरले पराजित गरेको थियो। तर दोस्रो र प्रतियोगिताको अर्को दाबेदार युएईसँग पराजित भए पछि अब नेपाल यु–१९ विश्वकपमा छनोट हुन बाँकी खेल जित्नु पर्नेछ भने युएईको हारको कामना गर्नुपर्नेछ।

प्रतियोगिता अन्तर्गत नेपालले आगामी खेल १५ अप्रिलमा मलेसियासँग बायुमास ओभल मैदानमा, १६ अप्रिलमा ओमानसँग एसटिसी मैदानमा र १८ अप्रिलमा अन्तिम खेल कुवेतसँग किनरारा मैदानमा खेल्नेछ।

नेपालसहित, आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएई गरि ६ टोलि सहभागी प्रतियोगिताको विजेता टिम सन् २०२० जनवरीरफेब्रुवरीमा दक्षिण अफ्रिकामा आयोजना हुने यु–१९ विश्वकप खेल्न छनोट हुनेछ।

युएईले यसअघि आयोजक मलेसियालाई ५ विकेटले पराजित गरेपछि उसको २ जित भएको छ। अब युएईले बाँकी ३ खेल जितेको खण्डमा नेपालको २०२० यु(१९ विश्वकप खेल्ने सपना चकनाचुर हुनेछ। यस्तै आजको अर्को खेलमा कुवेतले सिंगापुरलाई ८ विकेटले हराउँदै तालिकाको शीर्ष स्थानमा छ। कुवेतले पनि बाँकी सबै खेल जितेको खण्डमा नेपालको सपना सकिनेछ।