काठमाडौँ – रवीन्द्र मिश्रको नेतृत्वमा रहेको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा बिक्री गरिएको विरोधमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रर्दशन गरेको छ ।


ADVERTISEMENT


‘ठूला माछा समाउ अभियान’ अन्तर्गत सोमबार बिहान १० बजे विवेकशीलले प्रधानमन्त्री निवास अगाडि शान्तपूर्वक प्रदर्शन गरको हो।


ADVERTISEMENT

# # #


बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा आएको, हायात र बबरमहललगायत देशभरका सरकारी जग्गामा भ्रष्ट नेता, भूमाफिया, प्रशासक र व्यापारीले आफ्नो नाममा ल्याएको भन्दै भ्रष्टाचारविरूद्ध विवेकशीलले प्रदर्शन गरेको हो।

बालुवाटारभित्रको सरकारी जग्गा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलको छोरा नवीनको नाममा आएको देखिएको थियो।

प्रधानमन्त्री निवासको जग्गा नै गम्भिर अपचलनमा परेको समाचार बाहिर आएपछि आइन्दा कुनै पनि सरकारी जग्गा अपचलन हुन नदिन सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडिनै विरोध प्रर्दशन गर्नु परेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए ।

उनले विरोध प्रर्दशनको माध्यामबाट भ्रष्टाचारी र बिचौलियाको फन्दामा नपर्न पनि सरकारलाई दबाब दिइएको बताए ।

प्रर्दशनको क्रममा ‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, होसियार’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’, ‘नेताहरुको सम्पत्ति छानवीन गर’, ‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’ । लेखिएको प्ले कार्डहरु पनि प्रर्दशन गरिएको थिए।