काठमाडौँ – नेपाली युवा स्पिनर सन्दीप लामिछाने भारतमा जारी १२ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)को इमर्जिङ प्लेयरको मनोनयनमा परेका छन् ।


ADVERTISEMENT


भारतीय क्रिकेट बोर्ड बीसीसीआइले सन्दीपसहित पाँच जनालाई मनोनयनमा छनोट गरेको हो ।


ADVERTISEMENT

# # #


मनोनयनमा सन्दीपसंगै रोयल च्यालेञ्जर बैंगलोरका मोहम्मद सिराज, मुम्बई इण्डियन्सका राहुल चहार, राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल रहेका छन् ।

मतदान र कमेन्टेटर्सबाट छानिने इमर्जिङ प्लेयरले १० लाख भारु पुरस्कार पाउने छ ।

दिल्ली क्यापिटल्समा आवद्ध सन्दीपले गत वर्ष आइपीएलमा डेब्यु गरेका थिए । अन्तिम तीन खलेमा पाँच विकेट लिएपछि सबैको नजरमा आएका थिए । यो सिजनमा सुरुवाती दुई खेलमा बेन्चमै बसेका सन्दीपले त्यसपछि चार खेल खेलेर पाँच विकेट लिएका छन् ।

अन्तिम दुई खेलमा उनी अरिन्तम ११ मा पर्न सकेका छैनन् ।

सन्दीपलाई भोट गर्न यहाँ क्लिक गर्नुहोस् ।