काठमाडौँ –यूनाइटेड सिमेन्ट्सले  इन्टरनेसनल सर्टिफिकेशन सर्भिसेस (आइसीएस) बाट अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आइएसओ ९००१ः२०१५  (क्वालिटी म्यानेजमेन्ट सिस्टम) तथा आइएसओ १४००१ः२०१५ (इन्भाइरोमेन्ट म्यानेजमेन्ट सिस्टम) प्राप्त गरेको छ ।


ADVERTISEMENT


अन्तराष्ट्रिय मापदण्ड अनुसार गुणस्तरीय क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्ने प्रक्रिया पूर्ण रुपले उत्कृष्ट भएको र सो उत्पादन प्रक्रिया वातावरणमैत्री भएको र वातावरणको व्यवस्थापन प्रक्रिया उत्तम रहेको भन्दै सिमेन्टस्ले उक्त प्रमाणपत्र प्राप्त गरेको हो ।


ADVERTISEMENT

# # #


विश्वस्तरीय प्रविधि र प्रक्रिया अपनाई सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्दै आएकोमा विश्वस्तरीय मापदण्ड पनि पूरा गरी गुणस्तरीय प्रक्रियामा उत्तम तालमेल रहेको उद्योगले जनाएको छ ।