काठमाडौं– निर्वाचन आयोगले आजबाट पुनः फोटो सहितको मतदाता नामावली संकलन सुरु गरेको छ । तर, यसका लागि जिल्ला सदरमुकाममा रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा नै जानु पर्ने भएको छ ।


ADVERTISEMENT


आयोगले आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नामावली संकलन तथा अद्यावधिक कार्य आजबाट सुरु गरेको हो । आयोगका अनुसार साउन १५ गतेसम्म नाम दर्ता तथा अद्यावधिक गर्न सकिनेछ ।


ADVERTISEMENT

# # #


आयोगले मतदाता नामावलीमा यसअघि नाम समावेश नभएका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र लिई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न भनेको छ ।

यसअघि जहाँ सुकैको निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भएपनि यसपटक सम्बन्धित जिल्लामै पुगेर दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगबाट यसअघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि गल्ती सच्याउन सक्नेछन् । तर, स्थानीय तहको निर्वाचनका लागि प्रकाशित मतदाता नामावलीमा नाम भएकाहरुले भने पुनः नाम लेखाउनु पर्दैन ।

आयोगले यस्तो व्यवस्था गरेपछि मतदाता नामावली दर्ता झन्झटिलो भएको भन्दै आलोचना भएको छ । राजनीतिक दलहरू १५ दिनको अवधि बढाएर १ महिना गर्न र बसेकै स्थानबाट दर्ता गर्न सकिने व्यवस्था गर्न माग गरेका छन् ।