काठमाडौँ – बालुवाटारस्थित प्रधानमन्त्री निवास का जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारी जग्गा भूमाफियाको कब्जामा परेको भन्दै विरोध गर्न पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


उज्वल थापासहित एक दर्जनबढि नेता, कार्यकर्ता प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवास र सभामुखको निवास पछाडि रहेको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएका समाचार बाहिरिएपछि विरोध स्वरुप राष्ट्रिय झण्डा गाड्न पुगेका थिए ।


ADVERTISEMENT

# # #


निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिनेक्रममा उनीहरुले सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाँडन पाउने नागरिकको हकमाथि हनन् गरिएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

देशभरका सरकारी जग्गा भूमाफियाको कब्जामा पर्न नदिन सबै सरकारी जग्गामा राष्ट्रिय झण्डा गाँडने अभियान संचालन गरेको दलका अध्यक्ष थापाले बताए ।