काठमाडौँ– लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विबरण सार्वजनिक गरेको छ । नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो दिन नै वित्तीय विबरण सार्वजनिक गरेर लघुवित्त वित्तीय विबरण निकाल्ने पहिलो कम्पनी बनेको हो ।


ADVERTISEMENT


गत आर्थिक वर्षमा शतप्रतिशत हकप्रद जारी गरेर ११ करोडको चुक्ता पूँजीलाई २२ करोड बनाएको लघुवित्तले खुद नाफा पनि ७१.५३ प्रतिशतले बढाएको हो । पूँजी अनुसार कमाई नबढेका कारण लघुवित्तको प्रतिसेयर आम्दानीमा भने सामान्य संकुचन देखिएको छ । पूँजी वृद्धिको अनुपातमा कमाईको अनुपात केही कम भए पनि आफुलाई अब्बल बनाउने बाटोमा लघुवित्त अघि बढेको देखिन्छ ।


ADVERTISEMENT

# # #


गत आर्थिक वर्षको चौथो त्रैमासमा छ करोड २४ लाख ४७ हजार रुपैंया खुद नाफा कमाएको लघुवित्तले यस पटक १० करोड ७१ लाख १८ हजार रुपैंया खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको दुई करोड २० लाख रुपैंया बराबरको नगद लाभांस मात्र वितरण गरेको लघुवित्तको जगेडा कोषको आकार पनि बढेको छ । समिक्षा अवधिमा उसको जगेडा कोष चार करोड ७७ लाख २८ हजार रुपैंयाबाट बढेर १६ करोड ९५ लाख ६६ हजार रुपैंया पुगेको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी ४८ रुपैंया ६९ पैसा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा उसको प्रतिसेयर आम्दानी ५६ रुपैंया ७७ पैसा थियो । निष्कृय कर्जा अनुपात ०.३० बाट बढेर ०.५० प्रतिशत पुगेको लघुवित्तको मूल्य आम्दानी अनुपात २८.२२ गुणाले बढी छ । प्रतिसेयर नेटवर्थ १००.०८ रहेको लघुवित्तको तरलता अनुपात १४.४९ प्रतिशत रहेको छ ।