काठमाडौँ – लुम्बिनी जनरल इन्सुरेन्सको आयोजनामा दुइदिने अन्तराष्ट्रिय गल्फ प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार र शनिबार रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा भएको प्रतियोगितामा विजय मोक्तान विजयी भएका छन्  ।


ADVERTISEMENT


युवा र प्रौढ गरी दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा ९७ जना खेलाडीको सहभागिता रहेको थियो । जसमा १२ जना साना र ८५ जना सिनियर खेलाडीहरु रहेका थिए ।


ADVERTISEMENT

# # #


खेलको विकासमा सानो भएपनि यस किसिमको सहयोग खेलाडी एवं क्लबलाई गर्न पाएकोमा आफुहरु खुशी भएको लुम्बिनी जनरल इन्सुरेन्सका अध्यक्ष मनोहरदास मुलले बताए ।

विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फका अध्यक्ष प्रचण्डमान श्रेष्ठ र इन्सुरेन्सका अध्यक्ष मनोहरदास मुल र कम्पनीका सिइओ नुरप्रकाश प्रधानले उत्कृष्ठ खेलाडीहरुलाई अर्वाड हस्तान्तरण गरेका थिए ।