काठमाडौैँ – कमलादीस्थित युनिग्लोब माध्यमिक विद्यालयले ११ मा ऐच्छिक कानुन विषयको पठनपाठन सुरु गर्ने भएको छ ।


ADVERTISEMENT


विद्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरी उक्त घोषणा गरेको हो । विद्यालयका प्रधानाध्यापक डा. करण सिंह ठगुन्नाले आजको देशको आवश्यकता र युवाहरूको रुचिलाई ध्यानमा राखी कानुन विषयको अध्यापन सुरु गर्न लागिएको बताए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा त्रिभुवन विश्वविद्यालय कानुन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. लक्ष्मीप्रसाद मैनालीले देशमा कानुनसम्बन्धी दक्ष जनशक्तिको अभाव रहेको हुँदा कानुन विषयको पठनपाठनको ठूलो आवश्यकता बताए ।

उनले युनिग्लोबले यस विषयको पठनपाठन सुरु गर्न लागेकोमा खुसी व्यक्त गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।