रामेछाप — लुक्लाबाट रामेछाप आएको तारा एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ ।


ADVERTISEMENT


सोमबार बिहान नाइन एन८८८ कल साइन भएको डोर्नियर विमान अवतरणका क्रममा हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा मानवीय क्षति भएको छैन।दुर्घटनापछि रनवे बन्द गरिएको छ। चिप्लिएको जहाज नहटाएसम्म उडान सुचारु हुन सक्ने अवस्था छैन।

विमानमा १४ यात्रु सवाररहेपनि कुनैपनि मानवीय क्षति नभएको मन्थली विमानस्थल कार्यालयले जनाएको छ ।