काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपीएल)मा राजस्थान रोयल्सविरुद्ध नेपाली युवा स्पिनर सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सले टस जितेर बलिङ रोजेको छ ।


ADVERTISEMENT


तर, सन्दीप भने राजस्थानसँगको खेलमा अन्तिम ११ मा अटाउन सकेका छैनन् । यसअघि दिल्लीको घरेलू मैदानमा किंग्स ११ पञ्जावविरुद्ध खेल जिताउन महत्वपूर्ण भूमिका खेलेका सन्दीप राजस्थानसंगको टिममा पनि पर्ने अनुमान गरिएको थियो । तर, उनी टिममा पर्न नसकेका हुन् ।


ADVERTISEMENT

# # #


सन्दीपलाई क्रिस मोरिसले स्थानान्तरण गरेका छन् । सुरुवाती दुई खेलमा बेन्चमै बसेका सन्दीप त्यसपछिका चार खेलमा टिममा अटाएका थिए । त्यसपछि तीन खेलमा बाहिर रहेका उनी यसअघिको खेलमा टिममा फर्किएका थिए ।

दिल्लीले १० खेलमा ६ खेल जित्दै अंकतालिकाको तेस्रो स्थानमा रहेको छ ।