काठमाडौँ– डीएभी कलेज अन्तर्गतको शंकरलाल केडिया स्मृति फुटसल कप प्रतियोगिता-२०१७ सम्पन्न भएको छ ।


ADVERTISEMENT


कलेजका बीबीए चौथो वर्षका विद्यार्थीद्वारा आयोजित उक्त प्रतियोगिता असार २९ देखि ३१ सम्म भएको थियो । उद्घाटन डीएभी कलेजका अध्यक्ष अनिल केडियाले गरे । प्रतियोगितामा प्लस टु, बीबीए, बीबीएस र एमबीएका विद्यार्थीले भाग लिएका थिए ।


ADVERTISEMENT

# # #


केटाहरुको १० टोलि सम्मिलित उक्त प्रतियोगिताको उपाधी बीबीएस चौथो वर्षले हात पार्यो भने बीबीएस् पहिलो वर्ष र प्लस टू क्रमशः दोस्रो तथा तेस्रो भए । विजेताले ट्रफी सहित नगद रु ७ हजार पुरस्कार प्राप्त गर्यो भने दोस्रो र तेस्रोले क्रमश: ५ हजार र ३ हजार रुपैया पुरस्कार पाए । बीबीएस पहिलो वर्षका मिरक लिम्बुले उत्कृष्ट खेलाडी घोषित भए भने सरुन मान श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भए । त्यस्तै बीबीए आठौँ समेष्टरका भूपेन मानन्धर सार्वाधिक गोलकर्ता भए ।

यस्तै पाँच टिम सहभागी केटीहरुको प्रतियोगिताको उपाधी बीबीए चौथो वर्षले जित्यो भने बीबीए दास्रो वर्ष र प्लस टू क्रमशः दोस्रो र चौथो भए । विजेताले ५ हजार र दास्रो तथा तेस्रो हुनेले क्रमशः ३ र २ हजार पुरस्कार प्राप्त गरे । पूजा महर्जनले उत्कृष्ट खेलाडीको उपाधी जित्दा आयुषा महर्जन उत्कृष्ट गोलकिपर र अस्मिता श्रेष्ठ सार्वाधिक गोलकर्ता भए ।

विजेतालाई कलेजका अध्यक्ष अनिल केडिया र राष्ट्रिय फुटबल टिमका खेलाडी बिक्रम लामाले पुरस्कार वितरण गरेका थिए ।