काठमाडौँ – थाइल्याण्डमा जारी एसियन क्रिकेट काउन्सिल (एसीसी) यू-१६ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई १४२ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपाली यू-१६ टोलीले निर्धारित ३५ ओभर खेल्न एक बल बाँकी छँदै सबै विकेट गुमाएर १४१ रन बनाएको हो । नेपालका लागि अनिश भट्टराईले सर्वाधिक ३४ रन प्रहार गरे । त्यसक्रममा उनले ४२ बलमा ५ चौमन प्रहार गरे । कप्तान विशाल विक्रम केसीसंग ५८ बलमा ५३ रनको साझेदारी गर्दै अनिशले नेपाली इनिङ उकासे ।


ADVERTISEMENT

# # #


यस्तै कप्तान विशालले ३० बलमा दुई चौकाको मदतमा २८ रन बनाए । पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेका दीपक बोहरा र अर्जुन कुमालले समान १६ १६ रन जोडे । यस्तै निखिल कुमार सिंह १२ रनमा आउट हुँदा सुवास ऐर ११ रनमा पेवेलियन फर्किए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

यता मलेसियाका लागि सिदाद्र्ध कार्थिकले सर्वाधिक ४ विकेट लिए । यस्तै साचिनु हेटिज र लोकमान नुर हाकिम सहारले समान २ २ विकेत हात पारे ।

पहिलो खेलमा म्यानमारलाई सात विकेटले पराजित गरेको नेपाल आज पनि जितको खोजिमा रहेको छ ।