काठमाडौं– देव विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ।


ADVERTISEMENT


सम्झौता अनुसार देव विकास बैंक लिमिटेडले देश भर रहेका आफ्ना ४७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बिमा योजनाहरु बिक्री गर्नेछ।


ADVERTISEMENT

# # #


महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बिमा योजना, डबल साबधिक बिमा योजना र लगानी फिर्ता बिमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गर्दै काठमाडौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, दाङ, धनगढी, बिर्तामोड, वानेश्वर, पेप्सीकोला, ललितपुर, कलंकी, हात्तीगौडा, चाबहिल र सामाखुशी बाट कारोबार प्रारम्भ गरिसकेको छ ।

सम्झौतामा देव विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।