अर्घाखाँची – एचएच बजाजले अर्घाखाँचीको सन्धिखर्कमा पूर्ण सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक अटो मोबाइल ब्राण्ड हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘बस्याल ब्रदर्स् अटोलिङ्क प्रालि’ शोरुम सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT

# # #


नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने तथा यसको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै हन्सराज हुलासचन्द एण्ड कम्पनीका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले ग्राहकहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु आफ्नो जिम्मेवारी रहेको बताए । उनले सञ्चालनमा आएको नयाँ शोरुमले ग्राहकलाई राम्रो सेवा गर्नेमा आफू विश्वस्त रहेको बताए ।