काठमाडौँ – एनआईसी एशिया बैंकले काठमाडौं उपत्यका भित्र र बारा जिल्लाको फेटामा समेत गरी एकैपटक ५ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बुधबार मध्यपुर थिमी नगरपालिका वडा नं. ६ भक्तपुर स्थित पुरानो थिमी शाखाको सोहि वडाका वडा अध्यक्ष ईन्द्र बहादुर प्रजापति, कागेश्वरी मनोहरा नगरपालिका गोठाटार स्थित गोठाटार शाखाको कृष्णहरि थापा र सूर्यविनायक नगरपालिकाको वडा नं २ बालकोट शाखाको सोहि वडाका वडा अध्यक्ष कमल नाथ आचार्यले उद्घाटन गरेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै चद्रांगिरी नगरपालिका वडा नं. ११ सतुंगलचोक स्थित सतुंगलचोक शाखाको चन्द्रांगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, र बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. ३ बारास्थित फेटा शाखाको फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले उद्घाटन गरेका छन् ।

बैंकले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।