विराटनगर – गृहमन्त्री रामबहादुर थापाले चुनौती बनिरहेको समाजिक अपराध नियन्त्रण गर्न सरकारले विशेष अभियान चलाउने बताएका छन् ।


ADVERTISEMENT


एक नम्बर प्रदेश स्तरिय सुरक्षा गोष्ठिमा सहभागी हुन विराटनगर आएका थापाले बिहीबार पत्रकारहरुसँग कुरा गर्दै हिंसात्मक अपराध नियन्त्रण गर्न सरकारले सफलता प्राप्त गरिरहेको बताए ।


ADVERTISEMENT

# # #


विप्लवसँग वार्ता गर्न सरकार तयार

हिंसात्मक गतिबिधिहरु गरेकोले विप्लव समूहरुलाई नियन्त्रण गर्न सरकार बाध्य भएको थापाले बताए । विप्लव समूह हिंसा रोकेर आए राजनैतिक रुपले वार्ता गर्न सरकार तयार रहेको उनले बताए ।

भूमिगत राजनीतिक गतिविधिको आवरणमा हुँदै आएका आपराधिक र ध्वंसात्मक गतिविधिहरु नियन्त्रण गर्न सरकार सफल भएका बताउँदै शान्ति सुरक्षा कायममा सरकारले प्रगति हासिल गरिरहेको दाबी गरे ।

त्यस्तै पार्टी एकताबारे बोल्दै गृहमन्त्री थापाले एकताले भद्रगोल अवस्थालाई अन्त गरेर पार्टीलाई बलियो बनाएको दाबी गरे । उनले दोहोरो जिम्मेवारी पाएका र घटुवा बढुवामा परेकाहरुको हकमा पुनः छलफल गरेर समस्या समाधान गर्न सकिने आधार खुल्ला भएको जानकारी दिए ।