काठमाडौं – फिल्म ‘विर विक्रम-२’को ट्रेलर सार्वजनिक गरिएको छ । मिलन चाम्स निर्देशित फिल्मको ट्रेलरमा पल शाह, नाजीर हुसेन, बुद्धि तामाङ र अभिनेत्री वर्षा शिवाकोटी देखिएका छन् ।


ADVERTISEMENT


चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको फिल्मको निर्माता अर्पण सापकोटा हुन् भने रञ्जिता शिवाकोटी सहनिर्माता रहेकी छन् । पल, नाजीर, बुद्धि र बर्षाको अलवा फिल्ममा नाजीर हुसेन, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितिज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।


ADVERTISEMENT

# # #


‘विर बिक्रम २’ ३ जेठबाट प्रदर्शनमा आउँदैछ । प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व रहेको फिल्ममा रञ्जित गजमेर, ताराप्रकाश लिम्बु र राजनराज शिवाकोटीको संगीत रहेको छ ।

‘विर विक्रम’ को सिक्वेलको रुपमा यो फिल्म बनेको हो । तर कथा फरक रहेको निर्देशक चाम्सले बताउँदै आएका छन् ।