काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इञ्जिनियरहरूले सामूहिक राजीनामा दिएका छन्।


ADVERTISEMENT


भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इञ्जिनियरहरूले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरूको माग सरकारले सुनुवाइ नगरेको भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन्।


ADVERTISEMENT

# # #


४ वर्ष अघि विनाशकारी भूकम्प गएको स्मृतिमा बिहीबार देशभर विभिन्न कार्यक्रम भइरहँदा पुनर्निर्माणमा जुटेका इञ्जिनियरहरूले भने सरकारले आफूहरूको माग सुनुवाई नगरेको भन्दै काठमाडौंमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको जानकारी गराएका छन्।

भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउन गर्दै आएको माग नौ महिनासम्म पनि सरकारले सुनुवाइ नगरेपछि ३२ जिल्लामा पुनर्निर्माणमा जुटेका इञ्जिनियरहरूहरू सामूहिक राजीनामा दिन बाध्य हुनु परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हक हित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले जानकारी दिए।

प्राधिकरणका इञ्जिनियरहरूले विगत नौ महिनायता कटौती गरिएको भत्तालगायतका सेवा, सुविधा उपलब्ध गराउन सरकारसँग माग गर्दै आन्दोलन गर्दै आएका थिए। तर त्यसको सुनुवाइ नभएपछि बाध्य भएर राजीनामा दिनुपरेको समितिका अध्यक्ष अमरको भनाइ छ।

समितिले आफूहरूको माग सरकारले सम्बोधन गरे पुनर्निर्माणको काममा पुन स् फर्कने प्रतिवद्धता पनि जनाएको छ।

भत्तालगायतको सेवा, सुविधा उपलब्ध गराउन माग गर्दै पुनर्निर्माणमा खटिएका करिब १ हजार ५ सय इञ्जिनियरहरूहरूले गत फागुन २५ गतेबाट आन्दोलन सुरू गरेका थिए ।