काठमाडौँ – बारा र पर्सामा हावाहुरीका कारण भत्केका घर पुनर्निर्माणका लागि सरकारले करिब ८५ करोड रुपैयाँ छुट्याएको छ । भत्किएका घरको पुनर्निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ ।


ADVERTISEMENT


वैशाख ५ र १० गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले घर पुनर्निर्माणका लागि सरकारले ८४ करोड ६८ लाख ७६ हजार १४० रुपैयाँ छुट्याएको बताए । उक्त रकम सेनालाई उपलब्ध गराईने उनले बताए ।


ADVERTISEMENT

# # #


गत चैत्र १७ गते राती आएको हावाहुरी सहितको वर्षाले बारा र पर्साका १४५३ घरहरुको पुनर्निर्माण गर्नुपर्ने सरकारले जनाएको छ ।