काठमाडौँ– आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिटकोे सुनुवाई मंगलबार हुँदैछ ।


ADVERTISEMENT


सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसम्बन्धी सो मुद्दाको सुनुवाई मंगलबारका लागि राखेकोे हो । सोमबार न्यायाधीस चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको इजलासले मुद्दाको सुनुवाई गरेका थिए । तर, सोमबार समयअभावका कारण हेर्दाहेर्दैमा राखेर आजका लागि सारिएको हो ।


ADVERTISEMENT

# # #


शर्माका श्रीमती कल्पना उप्रेतिले गत मंगलबार विशेष अदालतलाई विपक्षी बनाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिहाईको माग गरी बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले उनलाई थुनामा राखिएको छ ।
शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाइ एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्यौट आयोगको सदस्य सचिवसमेत रहेका शर्मामाथि रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ ।