काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथा बेसक्याम्पको सफाइका क्रममा ४ वटा शव भेटिएको छ । सगरमाथा सफाइ अभियान अन्तरगत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाइ गर्दा हालसम्म ४ वटा शव भेटिएको जानकारी दिएको हो ।


ADVERTISEMENT


बेसक्याम्प पुगेका सगरमाथा सफाइ अभियानमा जुटेको टोलीले सफाइको क्रममा हालसम्म ४ वटा शव भेटिएको जानकारी गराएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


वैशाख १ गतेदेखि सुरु गरिएको सो सफाइ अभियान हाल सगरमाथाको बेस क्याम्पमा पुगेको छ । नेपाल सरकार, खुम्बु पासाङ गाउँपालिका, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले गत बैशाख १ गतेबाट सगरमाथा सफाई अभियान सुरु गरेको हो ।

अभियान अन्तरगत हालसम्म ३ हजार किलोग्राम फोहोर संकलन गरिएको र त्यसमध्ये करिव १ हजार किलोग्राम फोहोर हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको पनि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

अभियानले ४५ दिनभित्र सगरमाथाको फोहोर संकलन गरी सक्ने लक्ष्यका साथ कामलाई अघि बढाएको छ । सफाइ अभियानमा १२ जना परिचालन गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार कार्यक्रम सम्पन्न गर्नका लागि करिव २ करोड ३२ लाख १६ हजार लाग्ने अनुमान गरिएको छ ।