काठमाडौँ – जनता बैंक र भाटभटेनी मनि ट्रान्स्फरबीच रेमिट्यान्स कारोवार सम्बन्धि संझौता भएको छ । संझौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री र बिएमटीका प्रबन्ध संचालक राजनकुमार अमात्यले हस्ताक्षरण गरे ।


ADVERTISEMENT


भाटभटेनी मनि ट्रान्स्फर प्रा. लि. भाटभटेनी समूहद्वारा संचालित कम्पनी हो । सम्झौता बमोजिम भाटभटेनी रेमिट मार्फत पठाइएको अन्तरिक तथा बाह्य रेमिट्यान्सहरु जनता बैंकको देशै भरी छरिएका १२९ शाखा तथा ५० शाखा रहित बैंकिङ्ग मार्फत भुक्तानी लिन सकिने बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #