बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा चीन सरकारले सोमबार दिउँसो बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा जनमुक्ति सेनाबाट परेडका साथ सलामी अर्पण गरेको छ ।


ADVERTISEMENT


ग्रेट हलमा चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका छन् । दुबै देशको राष्ट्रियगानसहित जनमुक्ति सेनाको सलामीपछि राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच द्वीपक्षीय कुराकानीसमेत भयो ।


ADVERTISEMENT

# # #


राष्ट्रपति भण्डारी र सीवीचको भेटमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीको पनि सहभागिता थियो । भेटमा नेपाली भ्रमण टोलीमा रहेका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायतको पनि सहभागिता थियो ।

फोटो फिचर :