एजेन्सी – भारतीय सेनाले नेपालको मकालु वरूण राष्ट्रिय निकुञ्जमा यतिको पाइलाको चिन्ह भेटिएको दाबी गरेको छ। भारतीय सेनाले आफ्नो आधिकारिक ट्वीटरमा यतिको पाइलाहरू दाबी गरिएको फोटोसमेत पोस्ट गरेको छ।


ADVERTISEMENT


पोस्टमा ती तस्विरहरू भारतीय आर्मीले पर्वातारोहणका क्रममा मकालु बेस क्याम्पमा नजिकै अप्रिल ९ मा खिचेको दाबी गरेको छ। भेटिएका पाइलाहरूको निशान ३२ बाई १५ इन्चको मापन गरिएको पनि उसले उल्लेख गरेको छ।


ADVERTISEMENT

# # #


द इन्डियन एक्सप्रेस‘मा प्रकाशित सामाचारका अनुसार हिम मानव यतिलाई आजसम्म मकालु-वरूण राष्ट्रिय निकुञ्जमा मात्र देखिएको दाबी गर्दै आइएको छ।

पहिलोपटक यतिको चर्चा सन् १९२० मा पहिलो पटक भएको थियो। आजसम्म पाइलाहरू भेटिएको दाबी गरिएपनि यति नै भने भेटिएको आधिकारिक तथ्य छैन्।

भारतीय सेनाले यसका तसवीरहरू ट्वीटरमा पोस्ट गरेपछि सोमबारदेखि केहिले यसलाई राम्रो भनेका छन् भने कतिले भने ट्विटरमा उनीहरूलाई उडाएका छन्।

यति नेपालका हिमाली जनजीवनमा एक किस्साका रूपमा चर्चित रहँदै आएको छ।