काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान गतिशील दस्तावेज भएकोले त्यसलाई समय सापेक्ष संशोधन गर्न सकिने बताए ।


ADVERTISEMENT


मङ्गलबार प्रचण्ड निवास खुमलटारमामा प्रदेश नम्बर २ मा मधेस तराई फोरमका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले जनतालाई बढि भन्दा बढि अधिकार दिनका लागि आफूले संविधान संशोधन गराउन प्रयत्न गरेको बताए।


ADVERTISEMENT

# # #


सबैैतिर जनताले विकासको अनुभूति गरुन् भन्ने चाहना आफूहरुको रहेको भन्दै मधेश क्षेत्रमा बिशेष कार्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । ‘हुलाकी राजमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राखिएको छ, तराई मधेशलाई राजधानीसंग जोड्ने फाष्ट ट्र्याकको काम पनि अघि बढेको छ’ – अध्यक्ष दाहालले भने ।

उनले मधेसमा सरकार मधेसी जनताको हित अनुकुल नचलेको बताए । ‘तराई मधेसमा कम्युनिष्ट नेतृत्वकै सरकार बने मात्र त्याहाँको जनताको हितमा हुन्छ,’– अध्यक्ष दाहालले भने ।

प्रदेश दुईमा रहेर राजनीति गरिरहेका मधेस तराई पार्टीका अध्यक्ष अमर यादवले पार्टीमा प्रवेश गर्दै संयुक्त जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन एवम् आदिवासी, जनजाति लगायत अधिकार प्राप्तिका लागि संघर्षरत सबै पक्षको योगदानबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई आत्मसात गर्ने बताए ।