एजेन्सी – अष्ट्रेलियन क्रिकेट अलराउण्डर जेम्स फल्कनरले इन्सट्राग्राममा सार्वजनिक भएको पोस्टको बारेमा ध्यानाकर्षण जनाउँदै आफू समलिङ्गी नएको स्पष्ट पारेका छन् । २९ वार्षीय जेम्सले पुनः अर्को पोस्ट गर्दै सामाजिक सञ्जालमा गलत बुझाइ भएको बताएका हुन् ।


ADVERTISEMENT


क्रिकेट अष्ट्रेलियाले पनि सामाजिक सञ्जालमा सार्वजनिक पोस्टहरुमा गलत व्याख्या गरिएको जनाएको छ । ‘पछिल्लो रात मेरो पोस्टका बारेमा भ्रम फैलाइएको छ । म समलिङ्ग होइन, तरपनि एलजीबीटी (समलिङ्गी समुदाय) ले गरेको समर्थन शानदार थियो ।’ फल्कनरले भने, ‘नबिर्सनुहोस्, माया माया नै हुन्छ । यद्दपी रोब जब मेरो साथी मात्रै हो । गएराती संगै घरमा बसेको पाँच वर्ष पुगेको अवसरमा खास भएको थियो ।’


ADVERTISEMENT

# # #


यस्तै क्रिकेट अष्ट्रेलियाले सामाजिक सञ्जालमा जेम्स फल्कनरमाथिको हाँसीमजाकले कुनै माने नराख्ने बताएको छ । ‘उनको टिप्पणीले उनको व्यापारिक साथी, सबैभन्दा मिल्ने साथी र पाँच वर्षदेखिका एउटै घरमा बस्दै आएका साथीबीचको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ,’ क्रिकेट अष्ट्रेलियाले भनेको छ ।

क्रिकेट अष्ट्रेलियाले कुनैपनि अनपेक्षित अफवाहका लागि माफी मागेको छ । क्रिकेट अष्ट्रेलियाले अनपेक्षित अफवाहले कसैलाई चोट पुर्याको भएमा क्षमा मागेको उल्लेख गरेको छ ।

विश्वकप विजेता क्रिकेटर फल्कनरले सोमबार इन्स्टाग्राममा आफ्नी आमा र पाँच वर्षदेखिका साथी रोब जबसंग डिनर लिँदै गर्दाको एक तस्बिर सार्वजनिक गरेका थिए । जसमा उनले ‘मेरो ब्यायफ्रेण्ड रब जब र मेरी आनमासंगको जन्म दिनको डिनर’ भनेर लेखेका थिए ।