सत्तारुढ दल नेकपाको युवा संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलसंग संगठनको स्थापना दिवस र वाइसीएल र युवा संघ नेपालबीचको एकता प्रक्रियाका बारेमा गरिएको छोटो कुराकानी ।


ADVERTISEMENT


युवा संघको स्थापना दिवस आउँदैछ । कसरी मनाउँदै हुनुहुन्छ ?


ADVERTISEMENT

# # #


विगत लामो समयदेखि युवासंघ नेपालले अखाफ्नो स्थापना दिवस मनाउँदै आएको सबैलाई जानकारी छँदैछ । अहिले पार्टी एकतापश्चात नेकपा एमाले र माओवादी केन्द्र नभई नेपाल कम्युनिस्ट पार्टीको रुपमा कम्युनिस्ट आन्दोलन अगाडि बढिरको छ । हामी तिनै पार्टीको युवा संगठन एकतावद्ध हुने प्रक्रियामा छौँ । पार्टीले छिट्टै हामीलाई एकताको प्रक्रियामा लैजाँदैछ । यसअर्थमा अबको स्थापना दिवस य्वासंघको मात्रै होइन, वाइसीएल, सिंगो वामपन्थी र आम युवाहरुको दिवसको रुपमा जेठ १ मा मनाउँदैछौँ । यवाहरुको हक र अधिकार प्राप्तिका विभिन्न सम्झनाको रुपमा एउटा मोहत्सवको रुपमा मनाउँदैछौँ ।

एकता भइसकेपछि दिवस मनाइने हो वा पछि एकता हुन्छ ?

हामीलाई आशा छ र हामी नेतृत्वलाई आग्रह पनि गर्न चाहन्छौँ कि यो स्थापना दिवस युवा संघ र वाइसीएल छुट्टाछुट्टै राखेर भन्दा पनि एउटै झण्डामा मनाउँछौँ । मलाई लाग्छ, नेतृत्वले हाम्रो भावना बुझ्नेछ र जेठ १ अगाडी नै एकता हुने सम्भावना छ । यदि नेतृत्वको कार्यव्यस्तता र समयको चापले यदि त्यस्तो भएन भने पनि हामी जेठ १ लाई युवा दिवसका रुपमा भव्यताका साथ मनाउँछौँ ।

एकता भइसकेपछि युवा संगठनको नेतृत्व कसले गर्छ ?

यो कुरा त पार्टीको नेतृत्वले नै टुंग्याउने हो । वाइसीएलको अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ पार्टीको केन्द्रिय सदस्य हुनुहुन्छ । म केन्द्रिय कमिटिमा छैन । हामी दुई भाईमध्ये पार्टीले यथोचित व्यवस्थापन गरेर नेतृत्व दिनसक्छ । एउटालाई नेतृत्व दिए अर्कोलाई व्यवस्थापन गर्नै पर्छ । यद्दपी इमान्दार कार्यकर्ता भएकाले पार्टीको निर्णयलाई स्वीकार गर्नैपर्छ । अन्य सबै साथीहरुलाई उचित व्यवस्थापन गरेर जानेछु भनेर मैँले बारम्बार भनिरहेको छु । युवा संघ र वाइसीएलमा रहेका कुनैपनि साथीहरुले अन्याय महसुस गर्ने छैनन् ।

भनेपछि, संयुक्त संगठनको नेतृत्व गर्नका लागि तपाईं तयार भएर बस्नु भएको छ ?

पार्टीले दिएका हरेक जिम्मेवारी, निर्देशन र चुनौतिलाई म अवसरका रुपमा लिएर युवाहरुको हकहितका लागि बोल्ने गर्छु । पार्टीले देखेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को सपनालाई पूरा गर्नका लागि सबै प्रकारले आफ्नो योगदान दिनेछु । समृद्धिको महाअभियानमा लाग्नका लागि मैँले विगतदेखि अपिल गर्दै आएको छु र अहिले पनि अपिल गर्न चाहन्छु ।