काठमाडौं – स्थानीय वायु र पश्चिमी वायुको सक्रियताका कारण देशका मध्य पश्चिमीसहित उपत्यकाका अधिकांश स्थानमा मौषम बदली भई मेघ गर्जनसहित वर्षा भएको छ । काठमाडौं उपत्यकामा बुधबार बेलुका हावाहुरीसहितको वर्षा भएको छ ।


ADVERTISEMENT


मुख्य रुपमा स्थानीय वायु र पश्चिमी वायु बिहानबाट सक्रिय भएको जल तथा मौषम पूर्वानूमान महाशाखाकी मौषमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


“बिहानबाट पश्चिमी पहाडी भू–भागमा जलवाष्पयुक्त बादल विकासित भएको थियो । देशको मध्य पहाडी, काठमाडौं उपत्यका र पूर्वका तराईका क्षेत्रमा अहिले मौषम बदली भई मेघ गर्जनसहित हावाहुरी र वर्षा भइरहेको हो,” नगरकोटीले भनिन्, “मध्यरातसम्म यो बादल कमजोर हुने देखिएको छ । पूर्वको पहाडमा मध्यरातपछि मौषम बदली हुने देखिएको छ ।”